सुनको मूल्यमा नयाँ कीर्तिमान

नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हाे ।

टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको सरकारका प्रवक्ता  रेखा शर्माले जानकारी दिइन् ।

पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय भएको उनले बताइन् ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाली क्यालेण्डरमा नेपाल सम्वतलाई पनि विक्रम सम्वत जस्तै गरेर उल्लेख गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  १ : २१ बजे