मनसुन क्रमशः क्षीण हुँदै

राष्ट्रपति पौडेलले शितल निवासमा गरे गाई पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् ।

कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीक स्वरूप गाईको पूजा गर्ने गरिन्छ ।

राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको पूजा गरी खानेकुरा खान दिएका हुन् ।

श्रावण शुक्ल पूर्णिमाका दिन हातमा बाँधिएको रक्षा सूत्र (डोरो) गाई तिहारकै दिन गाईको पुच्छरमा बाँधिदिने चलन छ । यसो गर्दा मृत्युपछि ‘वैतरणी’ गर्न सहज हुने लोक विश्वास छ । तिहारको चौथो दिन गोरु पूजा वा गोवर्धन पर्वतको पूजा गर्ने परम्परा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ११ : १८ बजे