दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

हमास ध्वस्त नभएसम्म गाजामा युद्ध जारी रहन्छ : इजरायली प्रधानमन्त्री

काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास ध्वस्त नभएसम्म गाजामा युद्ध जारी रहने बताएका छन् ।

गाजामा जारी युद्धका कारण बिग्रिएको अवस्थाका बीच विश्वका धेरै देशले इजरायललाई तत्काल युद्धविराम लागू गर्न अपिल गरेका छन् ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले बीबीसीलाई गाजामा जारी बम हमलालाई न्यायोचित भन्न नसकिने बताए।

यसैबीच साउदी अरबमा जम्मा भएका मुस्लिम देशहरूले पनि इजरायललाई गाजामा तत्काल युद्धविराम गर्न अपील गरेका छन् ।

तर, एक पत्रकार सम्मेलनमा इजरायलका प्रधानमन्त्री नेतन्याहुले त्यस्ता सबै अपीलहरू अस्वीकार गरे।

नेतान्याहुले भने, "आवश्यक भएमा इजरायल सारा संसारको सामु दृढ उभिनेछ। हमासलाई ध्वस्त नगरेसम्म र यसद्वारा बन्दी बनाएकाहरूलाई रिहा नगरेसम्म युद्ध जारी रहनेछ।"

नेतन्याहुले प्यालेस्टाइनी अथोरिटीले गाजाको प्रशासन लिने अमेरिकाको सुझावलाई स्वीकार नगर्ने संकेत दिए।

हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । जसमा करिब १२ सय जनाको मृत्यु भएको थियो । हमासका लडाकुले २०० भन्दा बढी मानिसलाई बन्धक बनाएर लगेका थिए ।

त्यसयता इजरायलले गाजामा हमासविरुद्ध अभियान चलाइरहेको छ। गाजाको हमासका स्वास्थ्य अधिकारीका अनुसार इजरायली हमलामा हालसम्म ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

एजेन्सी

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ६ : ०९ बजे