दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार एकैदिन सुनको मूल्य एक हजार रूपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला एक लाख १३ हजार सात सय रूपैयाँ कायम भएको छ।

शुक्रबार एक लाख १४ हजार १५० रूपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज एक लाख १३ हजार १५० रूपैयाँमा निर्धारण गरिएको छ।

आज तोलामा २० रूपैयाँले घटेको चाँदी प्रतितोला एक हजार ३८० रूपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  १२ : २८ बजे