मनसुन क्रमशः क्षीण हुँदै

धादिङमा भूकम्प

काठमाडौं । धादिङमा भूकम्प गएको छ ।

गए राति ११ः२३ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रबिन्दु बनाएर ३.५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

हल्का धक्का भएकाले भूकम्पबाट क्षति नभएको स्थानीय जनप्रतिनिधिहरूले जानकारी दिएका छन् । धादिङको खरी केन्द्रबिन्दु बनाएर कात्तिक ५ गते ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो । त्यस दिन ४ म्याग्नेच्युडमाथिका आधा दर्जन बढी पराकम्प आएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ८ : ४३ बजे