मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

विद्यार्थी बोकेको बसको ब्रेकफेल हुँदा १६ जना घाइते

धरान – धरान उपमहानगरपालिका-१३ स्थित धरान-धनकुटा सडकखण्डमा शैक्षिक भ्रमणमा आएको तीन वटा बस दुर्घटनामा परेको छ।

नवलपुर जिल्लाको विधार्थी बोकेको बस सु,प,प्र ०२००१ ख ११०८ ब्रेकफेल भएपछि अरु २ वटा बसलाई ठक्कर दिएपछि दुर्घटना भएको हो।  

स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकनमा विद्यार्थी बोकेर बस यहाँ आएका थिए। ब्रेकफेल भएको नवलपुरको बसले पछाडीबाट आएर म्याग्दीको ग २ ख १५८३ नम्बरको बसलाई ठक्कर दिएपछि म्याग्दीको बस पल्टेको थियो । 

स्याङ्जाको विधार्थी बोकेको  ग २ ख १५१३ नम्बरको बसमा  ठोक्किएपछि  सामान्य क्षति भएको छ। दुर्घटनामा परी १६ जना विद्यार्थी गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। उहाँहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । अन्य विद्यार्थीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ७ : २० बजे