दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

साढे २ घण्टामा १ हजार २५४ बियर खाएपछि बन्यो विश्व रेकर्ड

एजेन्सी । बियर स्वास्थ्यका लागि हानिकारक मानिन्छ । तर, स्पेन घुम्न पुगेका ५५ जना जर्मन पर्यटकहरूले साढे २ घण्टामा १ हजार २५४ वटा बियर खाएर नयाँ विश्व रेकर्ड बनाएका छन् ।

मदिराका पारखी पर्यटकका आकर्षक मानिने प्लाया डि पाल्मामा एक अर्कालाई चिन्दै नचिनेका जर्मन पयर्टकहरुले ह्वाट्स एपमा प्लान बनाएर यसअघि जर्मनहरूले नै बनाएको विश्व रेकर्ड तोडे । जुलाईमा जर्मन पयर्टकहरुको एउटा समूहले छोटो समयमै १ हजार १११ वटा बियर खाएका थिए ।

पुरानो रेकर्ड तोडेर नयाँ रेकर्ड राख्ने प्रयास बिहान १०ः३० बजे शुरु भएर मध्यान्ह १ बजेतिर सकिएको थियो । १ हजार २५४ वटा बियर खाने समूहले अनुमान गरेको भन्दा एक घण्टा बढी लाग्यो । १२ बजेसम्ममा १ हजार २०० वटा बियर भ्याइसक्नेमा समूह विश्वस्त थियो । सो समूहका एक सदस्यले एक घण्टामा कम्तीमा पनि १० वटा बियर खान भ्याए । साढे २ घण्टाको अवधिमा औसतमा २२ वटा बियर खाएका थिए ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : ५३ बजे