मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

मुस्ताङ जाँदै गरेका जर्मन नागरिकको मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाडौँ । म्याग्दीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना जर्मन नागरिकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवरका अनुसार बिहीबार साँझ अन्नपूर्ण गाउँपालिका–३ काभ्रेभीरमा मोटरसाइकल दुर्घटनामा परी जर्मन नागरिकको मृत्यु भएको हो ।

एच पी ६६ ए ३०५९ विदेशी नम्बर प्लेटको मोटरसाइकल ढुंगामा ठोक्किएर जर्मन नागरिक म्यानफ्रेड ब्रिमर सडकबाट अन्दाजी ५० मिटर तल खसेको डिएसपी कुँवरले बताए।

बिहीबार साँझ ६ बजे दुर्घटना भएको उक्त खबरपाएपछि विपदको टोलीसँगै नेपाली सेनाको टोली पनि घटनास्थलमा पुगेको थियो।

उक्त टोलीले मध्यराति करिब १२ ब्रिमरको उद्धार गर्दा नै उनको मृत्यु भइसकेको उनले बताए। उनले ब्रिमरसहित १५ जना विदेशीको टोली मोटरसाइकल राइडमा आएका थिए। ११ जना जर्मन र ४ जना स्पेनका नागरिक हुन्।

उनीहरू कहिलेदेखि राइडमा आएका थिए भन्ने नखुले पनि मुस्ताङ घुम्न जाने क्रममा दुर्घटना भएको डिएसपी कुँवरले जानकारी दिए।

अहिले मृतक ब्रिमरको शव बेनी अस्पतालमा राखिएको छ। शव पोष्‍टमर्टमको लागि काठमाडौंस्थित टिचिङ अस्पताल पठाउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ३ : २४ बजे