‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सरकारले नि:शुल्क रगत उपलब्ध गराउने तयारी गरिरहेको छ : स्वास्थ्यमन्त्री

काठमाडौं ।  स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारले निशुल्क रगतको व्यवस्था गर्ने तयारी गरिरहेको बताएका छन्। नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले संघीय र प्रादेशिक सरकारबाट रगत निशुल्क गर्न प्रयास गरिरहेको बताएका हुन्।

त्यस्तै उनले अब नेपालमा पहिला जस्तो उपचार गर्न नपाएर कसैले पनि ज्यान गुमाउन नपर्ने जिकिर गरे । स्वास्थ्य क्षेत्रमा बजेट कम भएपनि कोहि बिरामी गरिव बिपन्न भएका कारण उपचार गर्नबाट बञ्चित हुन नपर्ने गरि मन्त्रालयले उचित व्यवस्था गरेको उनले बताए।

उनले स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै मौलिक हकमा उल्लेख स्वास्थ्यसम्बन्धी अधिकारबाट कसैलाई पनि बञ्चित हुन नदिने धारणा व्यक्त गरे।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  २ : ०० बजे