सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मुगु सामूहिक हत्या : दुई आरोपी पक्राउ,आफन्तबाटै भएकाे रहेछ हत्या

काठमाडौं । मगुको छायानाथ रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई शुक्रबार दिउँसो मुगुमा सार्वजनिक गर्ने तयारी छ। पक्राउ पर्नेमा एक जना मृतकका मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको  प्रहरी स्रोतको भनाइ छ।  घटनाको अनुसन्धान गर्न सिआइबीको टोली अहिले घटनास्थलमै रहेकाे र २ बजे पत्रकार सम्मेलन गरेर सबै जानकारी दिइने कर्णाली प्रदेश प्रहरी प्रमुख  डीआइजी भीम ढकालले जानकारी दिए। 

गत कात्तिक ८ गते रारा नगरपालिका-६ मुन्दु गाउँमा एकै परिवारका चार जनाको हत्या भएको थियो।  २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोराहरू ११ वर्षीय मनोज र ८ महिनाका रहर तथा ८ वर्षीया छोरी अप्सरा रहेका छन्। 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ११ : ५२ बजे