दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

इन्दु वर्मा राष्ट्रिय टोलीको कप्तानमा नियुक्त

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा अलराउन्डर इन्दु वर्मा नियुक्त भएकी छिन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार हङकङ टुरको लागि इन्दुलाई कप्तानको जिम्मेवारी दिएको हो । क्यानले यसअघि टोलीको कप्तान रहेकी रुविना क्षेत्रीलाई हटाएर इन्दुलाई नयाँ कप्तानको घोषणा गरेको हो । यस्तै, बायाँ हाते ब्याटर विन्दु रावललाई उपकप्तान बनाइएको छ ।

हङकङ टुरको लागि क्यानले घोषणा गरेको टोलीमा कन्चन श्रेष्ठ, सोमु विष्ट र सोनी पाख्रिन नयाँ खेलाडी रहेका छन् ।

नेपालले हङकङमा चार देश सम्मिलित टी–२० सिरिज खेल्दैछ । उक्त प्रतियोगितामा नेपालसँगै तान्जानिया, जापान र हङकङले पनि खेल्नेछन् । नेपालले कार्तिक २९ गते तान्जानिया, कार्तिक ३० गते हङकङ र मङ्सिर २ मा जापानसँग खेल्नेछ । प्रतियोगिताको फाइनल र तेस्रो स्थानको खेल मङ्सिर ३ मा हुनेछ ।

नेपाली टोली:

इन्दु वर्मा (कप्तान), विन्दु रावल (उपकप्तान), रुविना क्षेत्री, सिता रानामगर, अश्मिना कर्माचार्य, काजोल श्रेष्ठ, रोमा थापा, संगीता राई, सम्झना खड्का, खुसी डंगोल, पुजा महतो, कन्चन श्रेष्ठ, सोमु विष्ट, सोनी पाख्रिन ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ५ : २१ बजे