सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

कपडा पसलबाट कुर्ता सुरुवाल र टप्स चाेरेकाे आराेपमा सासु बुहारी पक्राउ

काठमाडौं । काभ्रेको बनेपास्थित एक कपडा पसलमा ग्राहक बनेर गएका दुई महिला चोरी आरोपमा पक्राउ परेका छन्।

जेनुन कस्मेटिक एन्ड फेन्सी पसलबाट कपडा चोरेको आरोपमा प्रहरीले दोलखाका ६३ वर्षीया दुर्गा विक र ३५ वर्षीया विनिता विकलाई पक्राउ गरेको छ।

दुर्गा र विनिता सासु बुहारी हुन्। प्रहरीले उनीहरुको साथबाट १६ सेट कुर्ता सुरुवाल र ६ थान टप्स बरामद भएको जनाएको छ। घटना गत जेठ १८ गतेको भएपनि उनीहरु मंगलबार पक्राउ परेका हुन्।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ४ : २२ बजे