प्रधानन्यायाधीशमा राउत नियुक्त

मनसुन क्रमशः क्षीण हुँदै

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

ब्लाकमेलिङ गर्ने युटुबर मनोज मानवलाई सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । युटुवर मनोज मानव भन्ने मनोजकुमार महतोलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

जिल्ला अदालत काठमाडौंले आज मनोजलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई अनुमति दिएको हो ।

स्टार अनलाइन टीभी नामक युट्युब च्यानल सञ्चालन गरेका मनोज विभिन्न व्यक्तिको व्यक्तिगत चरित्र हत्या हुने सामग्री बनाएर भाइरल हुँदै आएका थिए । उनले विभिन्न व्यक्ति तथा समुदायलाई धेरै समयदेखि धम्काउने तर्साउने बिबिध खालका बार्गेनिङ समेत गर्दै आएका थिए ।

नेकपा एमालेका युवा नेता महेश बस्नेतलाई धम्क्याएर उनले बार्गेनिङको दुष्प्रयास गरेको अडियो बुधबार मात्रै सार्वजनिक भएको थियो । एमाले नेता बस्नेतलाई धम्क्याउने मनोजले महिलालाई अश्लील गाली गर्दै धम्क्याएको अडियो पनि बुधबार नै सार्वजनिक भएको थियो ।

केही दिन अघि पूर्व एआईजी रणबहादुर चन्द र तारा बराल बसेको एक रेस्टुरेन्टको कोठा जान खोजेका बेला मनोजलाई बरालले मुखमा थुक्दै थप्पड हानेकी थिइन् ।

युटुवर मनोजले सामाजिक सञ्जाल टीकटक र फेसबुकमा आफ्नो तस्विर तथा श्रब्य दृष्य दुरुपयोग गरी चरित्र हत्या गर्ने उदेश्यले प्रकाशरण गरेको भन्दै एक महिलाले दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

आज अदालतमा पेश गर्दा सात दिनको म्याद थप भएको र आवश्यक अनुसन्धान जारी रहेका ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पशुपतिकुमार रायले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ४ : ०५ बजे