सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष गजेन्द्र महतो पुर्पक्षका लागि कारागार चलान

सर्लाही । स्थानीय तह निर्वाचन–२०७९ मा नेकपा माओवादी केन्द्रबाट निर्वाचित धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतो पुर्पक्षका लागि कारागार चलान भएका छन् । 

सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले महतोलाई ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी कार्यालयमा उनी विरूद्ध कर्तव्य ज्यान उद्योगमा मुद्दा दायर भएको थियो । 

मुद्दा दायर भएको केही महिनादेखि फरार रहेका महतो मंगलवार आफै अदालतमा हाजिर भएका थिए । जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार सदन अधिकारीका अनुसार  वडाध्यक्ष महतोलाई  न्यायाधीश थापाको इजलासले मुद्दाको अन्तिम फैसला नआउन्जेल पुर्पक्षमा कारागार पठाउने आदेश दिएको हो । 

सर्लाही प्रहरीका प्रवक्ता  एवमस्तु प्रहरी नायब उपरीक्षक दीपेन्द्र (पञ्जियार) थारुका अनुसार महतोलाई गौर कारागार, रौतहट चलान गर्ने तयारी गरिएको छ।मुद्दामा अन्य प्रतिवादी भने  फरार रहेका र उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  २ : ४२ बजे