युट्युबर मनोज मानव पक्राउ

काठमाडौं । युट्युबर मनोजकुमार महतो (मानव) पक्राउ परेका छन् । स्टार अनलाइन टीभी नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले बुधबार साँझ पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एसपी पशुपति कुमार रायका अनुसार उनीमाथि थप अनुसन्धान भइरहेको छ । विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने खालका सामग्री टिकटकमार्फत पोस्ट गरेको आरोपमा उनी पक्राउ परेका हुन् ।

उनलाई कसको उजुरीका आधारमा पक्राउ गरिएको भन्नेबारे भने ब्यूरोले खुलाएको छैन् । मनोज विभिन्न व्यक्तिगत चरित्र हत्या हुने सामग्री बनाएर युट्युबमार्फत भाइरल हुँदै आएका थिए ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  १२ : ०३ बजे