दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

एन्फा विशेष साधारणसभा आज, अध्यक्षले अविश्वासको प्रस्ताव सामना गर्ने

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारण सभा आज बस्दैछ । साधारण सभा मकवानपुरको हेटौँडामा बस्न लागेको हो । 

उक्त साधारण सभामा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङले आफूविरुद्ध लागेको अविश्वासको प्रस्तावको सामना गर्नुहुनेछ । अध्यक्षको बर्खास्ती सम्बन्धी निर्णयको छिनोफानो आजै हुने बताइएको छ । 

गत भदौ २५ गते एन्फाका ४९ सदस्यले वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै अविश्वास प्रस्ताव राखेका थिए ।

कुल १०७ सदस्य रहेको एन्फामा साधारण सभामा ८७ सदस्यसँग मात्र मताधिकार रहेको छ । एन्फा विधान अनुसार अध्यक्षको बर्खास्तीका लागि दुई तिहाइ मत आवश्यक पर्छ ।  

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ८ : ३४ बजे