मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

चीनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधि मण्डल काठमाडौंमा

काठमाडौं । पाँच दिने भ्रमणका लागि चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का तिब्बत स्वायत्त क्षेत्रका सचिव (सेक्रेटरी वाङ छुङछेङलगायतको टोली आज नेपाल आइपुगेको छ । उक्त पाँच दिने भ्रमण योजनासाथ साथ आएको टोली केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे ।

उक्त टोलीलाई राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरिन् । वाङको भ्रमण दलमा नेपाल मामिला हेर्ने चिनियाँ निकायका प्रतिनिधि पनि सहभागी छन् । उक्त भ्रमण दलले प्रधानमन्त्री पुष्पकमल दाहाल, विभिन्न दलका नेताहरूसँग भेटघाट गर्नेछन् ।

चिनियाँ नेता वाङ शुक्रबार पोखरा गएर त्यहाँका मुख्यमन्त्रीसँग भेट्ने साथै चीन–नेपाल सांस्कृतिक आदान प्रदानसम्बन्धी परियोजनाको निरीक्षण गर्ने कार्यतालिका छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ३ : ०० बजे