उपल्लो मुस्ताङबाट नेपाली मूलका ६ भारतीय नागरिक पक्राउ

काठमाडौं । प्रहरीले उपल्लो मुस्ताङबाट ६ जना नेपाली मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

बिना अनुमति मुस्ताङ पुगेको पाइएपछि उनीहरूलाई शसस्त्र प्रहरीले पक्राउ गरेको हो । लोमान्थाङ गाउँभन्दा माथि नेपाली नागरिक बाहेक अन्य देशका नागरिक जान पाउँदैनन् ।

पक्राउ पर्नेहरूमा भारत पश्चिम बङ्गाल स्थायी घर भएका शिवकुमार गुरुङ, बिर्सेन गुरुङ, रिकशाङ गुरुङ, दुर्गा गुरुङ, अभिषेक गुरुङ र सिद्धार्थ गुरुङ रहेका छन् । उनीहरूलाई पक्राउ गरेर प्रहरीले पोखरा ल्याएको छ ।

थप प्रक्रियाका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  २ : ४७ बजे