दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

टी–२० विश्वकपमा छनोट क्रिकेट खेलाडीले जनही १३ लाख पाउने

काठमाडौँ । सरकारले आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा संयुक्त आयोजना हुने टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीलाई पुरस्कारस्वरप रकम प्रदान गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकबाट १५ खेलाडी तथा समान १–१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ ।

जसअनुसार प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ ।

गत आइतबार सम्पन्न आइसीसी पुरुष टी–२० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्वकपको टिकट काटेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ४ : ५५ बजे