मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

बाजुरामा फेरि भूकम्पको धक्का

बाजुरा।  जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकाको रया केन्द्रविन्दु भइ मङ्गलबार दिउँसो १२ः५८ बजे भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार चार रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पका पराकम्प बढ्दै गएपछि गत शुक्रबार राति गएको भूकम्पका कारण चर्किएका घरहरु थप जोखिममा परेका छन् । 

यही कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भूकम्पपछि लगातार पराकम्प गइरहेका छन् ।
 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  २ : ५३ बजे