काठमाडौँ – जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर परकम्प जानेक्रम रोकिएको छैन ।
गत शुक्रबार राति ११ बजेर ४७ मिनेटमा रामीडाँडा केन्द्र बनाएर ६.४ म्याग्निच्युडको गएको भूकम्पयता उक्त क्षेत्रमा परकम्प जानेक्रम रोकिएको छैन ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका अनुसार आज बिहान सात ५४ बजेसम्म ४३९ वटा परकम्प गइसकेको छ ।
शुक्रबार राति ११ः४७ बजेको भूकम्पपछि ४.० म्याग्निच्युडभन्दा माथिका ९ वटा परकम्प गइसकेको छ ।
प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार ९ : ४४ बजे
प्रतिक्रिया