राष्ट्रपतिको युरोप भ्रमण स्थगित

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ। जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण उनको भ्रमण स्थगित भएको हो ।

भूकम्प जानु केही दिनअघि राष्ट्रपतिको युरोप भ्रमण तालिका सार्वजनिक भएको थियो ।

राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने ‘पेरिस पिस फोरम’मा भाग लिन २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो । सरकारले भ्रमण कार्यक्रम स्वीकृत गरिसकेको थियो ।

तर,भूकम्पपछि राष्ट्रपति युरोप भ्रमणमा जान नहुने भन्दै आवाज उठेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ३ : ३९ बजे