दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्व भ्रमण तथा पर्यटन परिषदद्वारा भिसा आवेदन प्रकियालाई सहज बनाउन आग्रह

किगाली । विश्व भ्रमण तथा पर्यटन परिषद् (डब्लुटिटिसी) का प्रमुख कार्यकारी अधिकृत जुलिया सिम्पसनले कोभिड–१९ महामारीबाट पर्यटन क्षेत्रको सुधार राम्रै भइरहेकाले भिसा आवेदन प्रक्रियालाई थप सहज बनाउन सरकारहरूलाई आग्रह गरेकी छिन् ।

रुवान्डाको राजधानी किगालीमा आयोजित २३औँ डब्लुटिटिसी विश्व शिखर सम्मेलनका अवसरमा परिषद्का अध्यक्षसमेत रहेकी सिम्पसनले अन्तर्राष्ट्रिय पर्यटनलाई अझ धेरै सहयोग गर्नका लागि भिसा प्रतिबन्धलाई कम गर्न र भिसा आवेदन प्रक्रियामा तीव्रता ल्याउन सरकारहरूलाई आग्रह गरिन् ।

वैश्विक भ्रमण फेरि बढिरहेको र विशेषगरेर एसिया–प्रशान्त क्षेत्रसहित सबै क्षेत्रमा पहिलाको अनुमानभन्दा अत्यधिकरूपमा सुधार भइरहेको डब्लुटिटिसी र उसको सहयोगी अक्सफोर्ड इकोनमिक्सको नयाँ आँकडाले उल्लेख गरेको छ ।

‘दिगो भविष्यका लागि पुल निर्माण’ भन्ने विषयअन्तर्गत र रुवान्डा विकास बोर्ड (आरडिबी) को सह आयोजनामा भएको सम्मेलनमा यो वर्षको डब्लुटिटिसी कार्यक्रमले पर्यटन क्षेत्रको विकास र प्रगतिलाई सहयोग गर्न तथा सुरक्षित, बढी लचिलो, समावेशी र दिगो भविष्यका लागि उद्योग जगत्का हजारौँ नेता तथा विशेषज्ञ र प्रमुख सरकारी प्रतिनिधिहरूलाई एक ठाउँमा ल्याएको छ ।

सन् २०२४ को विश्व शिखर सम्मेलन पश्चिमी अस्ट्रेलियाको राजधानी पर्थमा आयोजना गरिने घोषणा गरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ४९ बजे