सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मारवाडीलाई गालीगलौज गर्ने दुर्गा प्रसाई साइबर ब्युरोको कठघरामा

काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेपाल प्रहरीको साइबर ब्यूरोमा उपस्थित भएका छन् । सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक कार्यक्रममा उनले मारवाडी समुदायका व्यापारी व्यवसायीलाई गाली गलौज गरेपछि साइबर ब्यूरोले प्रसाईबारे अनुसन्धान गर्ने तयारी गरेको थियो ।

मारवाडी समुदायले दिएको उजुरीका आधारमा प्रसाई आइतबार ब्यूरोमा उपस्थित भएको साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए । उनीमाथि अहिले अनुसन्धान भइरहेको छ । प्रहरी महानिरीक्षक बसन्त कुँवरले प्रसाईले फोन गरेरै आज प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरेका थिए ।

प्रसाईंले सामाजिक सञ्जालमा विभिन्न विवादास्पद टिप्पणी दिँदै आएका छन् । हालै उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीमाथि मिथ्या आराेप लगाएका थिए । त्यसअघि प्रसाई समर्थित समूहले एमाले नेता महेश बस्नेत उपस्थित कार्यक्रममा ल्याइएका झन्डै एक दर्जन गाडी तोडफोड गरेको थियो । प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थासँग साढे पाँच अर्बभन्दा बढी ऋण लिएका छन् । तर आफूले लिएको ऋणा नतिर्ने उनको मनशाय देखिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ४ : २३ बजे