प्रहरीले पक्राउ गर्ने तयारी गरेपछि दुर्गा प्रसाईं आफैं पुगे प्रहरी कार्यालय

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रहरी कार्यालयमा उपस्थित भएका छन्।

प्रसाईंले राजनीतिक दल र तिनका शीर्ष नेताप्रति दिएको विवादित अभिव्यक्तिपछि नेपाल प्रहरी साइबर ब्यूरोले उहाँलाई बोलाएको थियो।

बोलाउँदा नआए पक्राउ गर्ने तयारी गरेपछि प्रसाईं आफैं प्रहरी कार्यालयमा पुगेका हुन्।

प्रसाईंले सामाजिक सञ्जाल तथा सञ्चारमाध्याममा शीर्ष नेताको चरित्र हत्या गर्दै अभिव्यक्ति दिएको आरोप छ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ३ : २१ बजे