मनसुन क्रमशः क्षीण हुँदै

जाजरकोट भूकम्प : तीन हजार ७७० घरमा क्षति

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पले तीन हजार ७७० भन्दा बढी घरमा क्षति गरेको छ ।

गृह मन्त्रालय अन्तर्गतको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार भूकम्पले जाजरकोट, रुकुम पूर्व, सल्यान, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, प्युठान लगायतका जिल्लाका घरमा क्षति गरेको हो ।

भूकम्पले ९३२ घरमा पूर्ण र दुई हजार ८३८ घरमा आंशिक क्षति गरेको छ । भूकम्पले रुकुम पश्चिम जिल्लामा पनि ठूलो क्षति गरेको भए पनि त्यहाँ के कति घरमा क्षति गरेको छ त्यसको विवरण यहाँ जोडिएको छैन ।

रुकुम पश्चिममा क्षति भएका घरको विवरण संकलन गर्ने कार्य भइरहेको शाखाले जनाएको छ ।

शाखाका अनुसार जाजरकोटमा दुई हजार ६८५ घरमा आंशिक र ९०५ घरमा पूर्ण क्षति गरेको छ । भूकम्पले रुकुम पूर्वको १९, सल्यानको ९७, दाङको ६, प्युठानको २९ र नवलपरासी पूर्व र दैलेखका एकरएक घरमा आंक्षिक क्षति गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  २ : ३३ बजे