टेन्टसहित तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भुकम्प प्रभावित क्षेत्र पठाईयो

काठमाडौं ।  सशस्त्र प्रहरी बलद्वारा  टेन्टसहित तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर भुकम्प प्रभावित क्षेत्र पठाईयो

भुकम्प पीडितहरुको लागि सशस्त्र प्रहरी बल नेपालको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम (DRS) कन्टेनर टेन्ट लिएर त्यसतर्फ पठाईएको छ ।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आज विहान तीन वटा कन्टेनरमा १० हजार ७ सय थान टेन्ट लिएर पश्चिम रुकुमको लागि हिडेको हो । 

उपत्यका स्थित सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान र नं. २२ गुहेश्वरी गणमा भक्तपुरमा रहेको १० हजार थान टेन्ट लिएर तीन वटा कन्टेनर पठाइएको  बताउनुभयाे  । 

यसअघि भुुकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङ्गबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम (DRS) कन्टेनर पठाई सकिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  १ : ०७ बजे