दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

काठमाडौं । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलमा नेपालले टस जितेको छ ।

टियु क्रिकेट मैदानमा भएको टस जितेर नेपालका कप्तान रोहित पौडेलले ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

नेपालले आजको टोलीमा एक परिवर्तन गरेको छ । घाइते दीपेन्द्रसिंह ऐरी आज खेलेका छैनन् । उनको ठाँउमा सन्दीप जोरालाई खेलाईएको छ ।

नेपालले सेमिफाइनल युएईलाई ८ विकेट तथा ओमानले बहराइनलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाउदै विश्वकपमा पुगेका थिए ।

यसअघि भएको समूह चरणमा घरेलु टोली नेपाल ओमानसँग पाँच रनले पराजित भएको थियो । घरेलु मैदान र दर्शकले नेपाली टोलीको मनोबल उच्च छ । नेपाल र ओमानबीच टि२० आईमाहालसम्म पाँच खेल भएका छन् । नेपाल तीन र ओमान दुई खेलमा विजयी भएको छ ।

नेपालको प्लेइङ–११:

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, विवेक यादव, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ११ : ०३ बजे