सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

मुगु सामूहिक हत्या प्रकरण : केन्द्रीय अनुसन्धान ब्युरोलेलाई अनुसन्धानको जिम्मा

मुगु गमगढी । मुगु छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा वंश नै नाश हुने गरि भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरोले सुरु गरेको छ।

सामूहिक हत्या भएको एक साता भन्दा बढी समय बितिसक्दा पनि हत्याको कारण र हत्यारा बारे प्रहरीले कुनै तथ्य प्रमाण नभेटाई रहेका बेला अनुसन्धानलाई थप प्रभावकारी बनाई हत्यारा पत्ता लगाउन केन्द्रिय अनुसन्धान ब्युरोले अनुसन्धानको जिम्मा लिएको हो ।

गत ८ गते हत्या भएको प्रहरी अनुमान रहेपनि प्रहरीले १० गते बिहान ९ बजे मात्र सूचना पाएको थियो । सूचना पश्चात् घटना स्थलमा पुगेको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाको नेतृत्वको प्रहरीले घर भित्र २८ वर्षिया आमा श्रीदेवी बोहोरा,११ वर्षीया छोरा मनोज बोहोरा,८ वर्षीया छोरी अप्सरा बोहोरा र ८ महिने छोरा रहर बोहराको सामूहिक हत्या गरिएको अवस्थामा फेला पारेको थियो ।

११ गते हत्याको अनुसन्धान गर्न जुम्ला र कर्णाली प्रदेश प्रहरीबाट अनुसन्धान अधिकृतसहितको र कोहलपुरबाट कुकुर सहितको अनुसन्धान टोली मुगु पुगी अनुसन्धान सुरु गरेका थिए ।

डक अनुसन्धान टोलिले आवश्यक सूचना दिएर १२ गते नै कोहलपुर फर्कियो भने मुगु डिएसपी विरेन्द्र थापासहितको अन्य २ टोलिले अनुसन्धान जारी राख्यो ।

वैदेशिक रोजगारीमा रहेका मृतक श्रीदेवीका श्रीमान् ११ गते नै कतारबाट नेपाल फर्केर मुगु पुगेपछि घटना स्थलबाट प्रहरीले चारै लास उठाएर परीक्षणका लागि जिल्ला अस्पताल मुगु पुर्याएको थियो ।

चारै लासको १३ गते सोमबारसम्म सव परिक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म लास नउठाउने अडान श्रीमान् दिपक बोहोरा र आफन्तले लिएपछि शवको केही दिन दाहसंस्कार हुन सकेन । यसै बीच १६ गते बिहान ५ बजे जिल्ला अस्पतालबाट श्रीमान् दिपक बोहोरा एकाएक बेपत्ता भए । उनी मानसिक सन्तुलन गुमाउँदै जान थाले पछि जिल्ला अस्पतालमा उपचारार्थ आफन्तले भर्ना गरेका थिए ।

दिन भरी प्रहरी र स्थानीयहरूले खोजी गरेपनी दिपक १६ गते राती ८ बजे छायानाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाँउमा एक आफन्तको घरमा बसिरहेको अवस्थामा फेला परे । फेला परेका दिपकलाइ छायानाथ रारा नगरपालिकाका नगरप्रमुख विष्णुकुमार भामले जिम्मा लिँदै सम्झाइ बुझाइ हत्यारा जो सुकै होस प्रहरीले पत्ता लगाउने र आफूले सघाउने विश्वास दिलाए पछि मृतक श्रीमती,२ छोरा र १ छोरीको लास बुझ्न राजी भई १७ गते चारै जनाको लास बुझी दाहसंस्कार गरे ।
घटना घटेदेखि मृतकहरूको दाहसंस्कार हुँदाका दिनसम्म प्रहरीले घटनाको अनुसन्धानलाई तीव्र बनाउँदै कयौँ व्यक्तिहरूलाई सोधपुछ गर्‍यो ।

‘फिल्डमा गर्नुपर्ने अनुसन्धानको मेनुल्ली सबै काम हामीले गर्यौ र अहिले पनि गरिरहेका छौ । सिआइबीले प्रविधि अनुसन्धान गर्ने कार्य अघि बढाएको छ ।’ प्रनाउ विरेन्द्र थापाले बताउनु भयो ।

सिआइवी प्रहरी नायव उपरिक्षक धर्म भण्डारीको नेतृत्वमा मुगु घटनाको थप अनुसन्धान गर्न सिआईबी टोली खटिएर काम गरिरहेको छ । यस अघिका अनुसन्धान टोलिले फेला पारेका मेनुल्लि तथ्य र सिआईबीले अनुसन्धान गरिरहेको प्रविधि तथ्य केलाउँदै हत्यारा नजिक पुग्न सिआईबीले मुगु घटना अनुसन्धान जिम्मा लिएको हो । सिआईबीले जिम्मा लिएपनी स्थलगत खटिई अनुसन्धान गरिरहेको टोली र सिआईबी टिलोको समन्वयमा नै आगामी अनुसन्धान अघि बढ्ने र हत्यारा छिट्टै पत्ता लाग्ने कर्णाली प्रदेश प्रहरी सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरिक्षक ९एसएसपी० गोपालचन्द्र भट्टराई बताउनु भयो ।

मुगु घटनालाई उच्च प्राथमिकतामा राख्दै कर्णाली प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक भिम प्रसाद ढकाल गत १२ गते मुगु पुगी अनुसन्धान सहयोग गरिरहनु भएको छ ।शनिवारबाट केन्द्रिय अनुसन्धान ब्युरो थपिएसँगै लमुगुमा सुर्खेत,जुम्ला र मुगु प्रहरी गरि ४ वटा टोलिले मुगु सामूहिक हत्याको अनुसन्धान गरिरहेका छन् ।

‘‘विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धित व्यक्तिहरूसँग भेरिफाइ गर्न कम्तीमा १ देखि २ दिनसम्म लाग्छ । यत्रो ४–४ जनाको हत्या भएको छ कयौँ जनासँग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन । मुगु सुगम जिल्ला होइन यहाँ अनेकौँ कठिनाइका बाबजुद काम गर्नु पर्छ एक त घटनाको सूचना प्रहरीसम्म ढिला आइपुग्यो पुग्यो,फोन,नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धान सम्बन्धी क्रियाकलाप गर्न घटना स्थल,सदरमुकाम र आसपास क्षेत्रमा पटक पटक आवत जावत गर्न कठिनाइ छ यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भइरहेको छ’, प्रनाउ विरेन्द्र थापाले भन्नुभयो । प्रहरीले अहिले प्रविधि र मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान गरिरहेको भन्दै उहाँले अनुसन्धानमा केन्द्रीय सिआइवीको टोली पनि थपिएकाले घटना बारे सबै तथ्य छिट्टै बाहिर आउने विश्वास व्यक्त गर्नुभयो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ७ : ५७ बजे