दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राहत तथा उद्धार कार्यमा खटिएका जहाज र हेलिकप्टरको इन्धन खर्च निगमले बेहोर्ने

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले भूकम्प प्रभावितको उद्धारमा परिचालन भएका हवाई जहाज र हेलिकप्टरकोमा प्रयोग हुने इन्धन खर्च बेहोर्ने घोषणा गरेको छ ।

निगमले शनिबार एक विज्ञप्ति जारी गर्दै राहत तथा उद्धार कार्यमा खटिएका नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने हवाई इन्धन बापतको रकम आर्थिक वर्ष २०८०र८१ को संस्थागत सामाजिक उत्तरदायित्व शीर्षकबाट बेहोर्ने निर्णय भएको जानकारी दिएको छ । 

शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : २७ बजे