मनसुन क्रमशः क्षीण हुँदै

भूकम्पबाट घाइते भएकाहरुको उपचारमा समस्या

काठमाडौं ।   जाजरकोटमा भूकम्पबाट घाइते भएकाहरुको उपचारमा समस्या आउन थालेको छ ।

शुक्रवार राति आएको भूकम्पमा परि घाइते भएकाहरुको नलगाड नगरपालिकास्थित दल्ली नगर अस्पतालमा सीमित स्रोत साधन हुँदा उपचारमा समस्या आएको हो  ।

दल्ली नगर अस्पताल १५ शय्याको रहेपनि अस्पतालले अहिले ५० जनाभन्दा बढी बिरामी राखेर उपचार गर्दा समस्या नगरपालिका जनस्वास्थ्य निरीक्षक तप्त चुनाराले बताएका छन् । जनस्वास्थ्य निरीक्षक चुनाराले अस्पतालमा बिरामी राख्ने ठाँउ नहुँदा घाइतेलाई भुइँमा  राखेर उपचार गर्नुपर्ने अवस्था रहेको बताएका छन्  ।

चुनाराले गम्भीर घाइते भएका आठ जनालाई हेलिकप्टरबाट कर्णाली प्रादेशिक अस्पताल, सुर्खेत पठाएको बताएका छन् । चुनाराले भने, ‘घाइते बिरामीहरु बढिरहेका छन् । हामीलाई औषधि, अक्सिजनको अभाव हुने देखिन्छ।' सीमित स्वास्थ्यकर्मी र भौतिक संरचना रहेकाले उपचारमा कठिनाइ भएको उनले बताए ।

अस्पताल ल्याउँदै गर्दा मृत्यु भएका ६ जनाको शव पनि सोही अस्पतालमा राखिएको छ ।

 

 

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : १५ बजे