साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भूकम्पबाट ज्यान गुमाउने अधिकांश बालबालिका

जाजरकोट । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी ज्यान गुमाउने अधिकांश बालबालिका छन्।

रुकुम पश्चिममा ज्यान गुमाएका ३६ जनामध्ये २७ जनाको सनाखत भएको छ। जसमध्ये १९ जना बालबालिका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक बालबालिकामा सानीभेरी गाउँपालिका-२ का १२ वर्षीया मनीषा परियार, आठ वर्षीय यमराज पुन, दुई वर्षीय सितम पुन, १० महिने बालक रेजन वली छन्।

त्यस्तै, सानीभेरी गाउँपालिका-४ का आठ वर्षीय निर्जल चन्दको मृत्यु भएको छ। आठबिसकोट नगरपालिका-११, गौरीगाउँका १८ महिनाकी एलिसा कामी, चार वर्षीया आशा कामी, ६ वर्षीया दिया कामी, नौ वर्षीया रिया कामी, १३ वर्षीया सिर्जना कामीको भूकम्पमा परी ज्यान गएको छ।

यसैगरी, आठबिसकोट-१२ का १४ वर्षीय रमेश पुन, १३ वर्षीय दिलबहादुर केसी, आठबिसकोट-१४ का तीन वर्षीय वासु बुढा, पाँच वर्षीया भावना जैसी, दुई वर्षीय दिपेन जैसी, १३ वर्षीया सरिता विक, १३ वर्षीय मदन गौतमको पनि ज्यान गएको छ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपाल भट्टराईका अनुसार सनाखत हुन बाँकी नै रहेकाले कति बालबालिका परेका छन् भन्ने यकीन हुन नसकेको बताए। रातिको समयमा भूकम्प गएका कारण धेरै बालबालिकाको ज्यान गएको भट्टराईले बताए।

गएराति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ३ : १२ बजे