मनसुन क्रमशः क्षीण हुँदै

जाजरकोट भूकम्प : रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु

रुकुम पश्चिम — शुक्रबार मध्यरातमा आएको भूकम्पका कारण रुकुम पश्चिममा एउटै वडाका २७ जनाको मृत्यु भएको छ । आठबीसकोट नगरपालिका-१४ का बाँकेडाँडा, हल्देटोल, ज्यामिरकोट, छेपारे, बाँकेटोल र पिपलचौरसहितका गाउँमा मात्रै २७ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म रुकुमपश्चिममा मृत्यु हुनेको संख्या ३८ छ । तर त्यसमध्ये आठबीसकोट-१४ कामात्रै २७ जना छन् । त्यसमध्ये हल्देटोलका २, ज्यामिरकोटका ९, छेपारेका ११, बाँकेटोलका १ र पिपल चौरका १ जनाको मृत्यु भएको छ । यहाँ अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : ०९ बजे