भूकम्पमा परि नलगाड नगरपालिकाकी उपप्रमुखको मृत्यु

काठमाडौं । जाजरकोट आसपासलाई केन्द्र बनाएर आएको भूकम्पमा परि उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ ।

शुक्रबार राती ११ बजेर ४९मिनेटमा गएको ६.४ म्याग्निच्युडको भुकम्पमा परि नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको हो । 

भुकम्पमा परी हालसम्म करिब ५० जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुममा गरी ५० जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको स्थानीय सुरक्षा अधिकारीहरुले जनाएका छन् ।

भूकम्पबाट सबैभन्दा ठूलो क्षति जाजरकोट र सिमाना जोडिएको रुकुम पश्चिममा भएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ६ : ४६ बजे