खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

पूर्वराष्ट्रपति भण्डारीबाट राष्ट्रिय क्रिकेट टिमलाई बधाई

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एसियाली क्रिकेटको छनौट खेलमा युएईलाई पराजित गर्दै सन् २०२४ को टी-२० विश्वकप क्रिकेटका लागि छनौट भएकामा नेपालको राष्ट्रिय क्रिकेट टिमलाई हार्दिक बधाई दिनु भएको छ ।

सामाजिक सञ्जाल मार्फत पूर्बराष्ट्रपति भण्डारीले यस ऐतिहासिक सफलताले समग्र खेल क्षेत्र थप उत्साहित हुनुका साथै यसले नेपाललाई नै गौरवान्वित बनाएको जनाउनु भएको छ ।  उहाँले नेपाली क्रिकेटको थप सफलताका लागि शुभकामना  पनि व्यक्त गर्नुभएको छ ।

नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ ।

शुक्रवार आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल अन्तर्गत माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १० : १५ बजे