दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाललाई बधाई दिँदै पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानले भने – विश्वकपमा भेटौँला

काठमाडौँ । पाकिस्तानका विकेटकिपर ब्याट्सम्यान मोहम्मद रिजवान नेपालले टी–२० विश्वकपमा स्थान बनाएकामा खुसीयाली व्यक्त गरेका छन् ।

हाल भारतमा विश्वकप खेलिरहेका रिजवानले सामाजिक सञ्जालमार्फत नेपाली टीमलाई बधाई दिँदै विश्वकपमा भेट्ने बताएका छन् ।

उनले लेखेका छन् – ‘टीम नेपाललाई बधाई छ । तिमीहरु साँच्चिकै विश्वकप २०२४ का लागि हकदार थियौ । अब विश्वकपमा भेटौंला ।’

शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएईंलाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको छ ।

​​​​​​​

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ६ : ०० बजे