प्रहरीमा इन्स्पेक्टरदेखि असईसम्मका लागि खुल्यो जागिर

​​​​​काठमाडौं। नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको छ ।

प्रहरी प्रधान कार्यालयले आज सूचना निकालेर १ सय २८ जनाका लागि आवेदन खुल्ला गरेको हो ।

दरखास्त दिँदा नेपाली नागरिकताको प्रमाणपत्र, आफूले प्राप्त गरेको शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाल बाहिर अध्ययन गरेको हकमा उच्च माध्यमिक शिक्षा परिषद्, त्रिभुवन विश्वविद्यालयबाट समकक्षता निर्धारणको प्रमाण पत्र बुझाउनु पर्ने छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  १२ : २८ बजे