सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

मुगु घटना : आफन्तको घरमा भेटिए बेपत्ता भएका दिपक

मुगु गमगढी । परिवारका चार जनाको सामूहिक हत्याभएपछि विक्षिप्त बनेर अस्पतालबाटै बेपत्ता भएका दीपक बोहरा आफन्तको घरमा भेटिनुभएको छ । घरका चार–चार जना सदस्यहरूको सामूहिक हत्या भएपछि गत ११ गते वैदेशिक रोजगारीमा कतारमा रहेका दीपक काम छाडेर नेपाल फर्किनुभएको थियो । 

मानसिक रूपमा विक्षिप्त भएर कुनै अप्रिय घटना नघटोस् र होस् सन्तुलनमा रही रहोस् भनेर दीपकलाई प्रहरीले निगरानी गर्दै कान्छा ससुरा खेम बहादुर रावलको  जिम्मा लगाइएको थियो । 

हत्या भएकी आफ्नी श्रीमती र ३ छोरा छोरीको शव परीक्षण गर्ने कार्य सकिए पनि हत्यारा पत्ता नलागेसम्म शव नबुझ्ने  अडानमा दीपकले लिइरहनुभएको छ । 

दीपक बिहीबार राती ८ बजे छायानाथ रारा नगरपालिका वडा न ४ भामवाडा गाउँमा एक आफन्तको घरमा भेटिनुभएको हो  । उहाँ अहिले प्रहरी र नगर प्रहरीको  निगरानीमा  छायाँनाथ रारा नगरपालिका नगरप्रमुख विष्णु कुमार भामसँग रहेको  प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले जानकारी गराउनु भयो ।

मुगु स्थित छायानाथ रारा नगरपालिका वडा न ६ मन्दु गाउँमा गत ८ गते २८ वर्षीया श्रीदेवी बोहरा, ११ वर्षीया छोरा मनोज बोहरा, ८ वर्षीया छोरी अप्सरा बोहरा र ८ महिने छोरा रहर बोहरा हत्या भएको थियो ।

१० गते हत्या भएको सूचना पाउन बित्तिकै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरीको टोलीले घर खोली भित्र हेर्दा आमासहित तीन सन्तानको धारिलो हतियार प्रयोग गरि बीभत्स हत्या गरिएको अवस्थामा शवहरू फेला परेका थिए । 

१३ गते  सोमबार चारै मृतकहरूको शव परीक्षण गर्ने कार्य सकिए पनि आफन्तहरुले लास नबुझिदिँदा शवहरूको दाह संस्कार हुन सकेको छैन भने जिल्ला अस्पतालको शव गृहमा सव राख्न चिस्यान नहुँदा शवहरू गल्दै गएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०८०, शुक्रबार  ११ : ५७ बजे