खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

तारा बराल र पूर्व एआईजी रणबहादुर चन्द बिवाह गर्दै

​​​​​​​काठमाडौं । नेपाल प्रहरीको पूर्व एआईजी रणबहादुर चन्द र आफूलाई सामाजिक अभियान्ता बताउने तारा बराल बिवाह बन्धनमा बाँधिने भएका छन् ।

५९ वर्षीय चन्द र ४२ वर्षीया बरालले बिवाह गर्ने सहमति गरेका हुन् । पूर्व एआईजी चन्दकी श्रीमती र बरालका श्रीमान दुवैजनाको सडक दुर्घटनामा मृत्यु भएको थियो ।

केही दिनअघि चन्द र बराल एक रेष्टुरेन्टको गोप्य कोठामा बसिरहेको फेला परेपछि उनीहरूबीचको सम्बन्ध सार्वजनिक भएको थियो ।

सम्बन्ध सार्वजनिक भएपछि उनीहरूले बिवाह गर्ने सहमति गरेका हुन् ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १० : ०४ बजे