‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

ख्वप अस्पतालको त्यो बदमासी, कहिले पाउने नितुले न्याय ?

​​​​​​​राम्री हुन सबै महिलाहरूलाई लाग्छ । विशेष गरी युवती अवस्थामा झन् हामी यस तर्फ बढी नै सचेत हुन्छौँ । आफ्नो सौन्द्यप्रति बढि नै सचेत एक युवती भने चिकित्सकको गलत उपचारका कारण मृत्युवरण गर्न पुगेकी छिन् ।  

घटना भक्तपुरको हो ।  २२ वर्षीय नितु दुवाल आफ्नो अनुहारमा आएको डन्डीफोरले सार्है चिन्तामा थिइन् ।   अध्ययनको सिलसिलामा हङकङ जाने फिक्स गरेर बसेकी  उनी डन्डीफोरकाे उपचार ख्वप अस्पताल पुगिन् । 

 अस्पताल पुगेकी नितुलाई डाक्टरले रगत र एलर्जी परीक्षण बिना नै MINOCINMINOCIN र ACNETRATE औषधी लेखेर  सेवन गर्न सल्लाह दिए । नितुले  त्यस्तै गर्न थालिन् । औषधी सेवन सुरु गरेको केही दिनपछि उनलाई ज्वरो र खोकी लाग्न थाल्यो । अलिक दिन पछि नितु फेरि ख्वप अस्पताल गइन् । त्यति बेला डा. नितु मानन्धरले फेरि पनि सो औषधी सेवन गर्न भनेर लेखिदिइन  । साथै फिजिसियनमा देखाएर ज्वरोको औषधी पनि लेखिदिइन । 

डाक्टरले लेखिदिएको औषधी सेवनले नितुलाई झनै गाह्रो पा¥यो । बान्ता हुने, वाक्क वाक्क हुने, ज्वरो आउने भएपछि फेरि ख्वप अस्पतालमा बिहानै इमर्जेन्सीमा भर्ना गरियो । भर्ना भएर उपचार हुँदै गर्दा नितुको अवस्था झनै खराब हुँदै गयो । उपचारको क्रममा ज्वरो आइरहने, जिउभरि एलर्जी र रातो रातो बिमिराहरू, जिउ सुनिएको, छाला रातो हुँदै गयो । डाक्टरले एन्टीबायोटिक्स र ज्वरोको औषधी चाहिने भन्दा बढी डोज दिईरहृयो । 

नितुको शरीरले थाम्न सकेन । कलेजोमा समस्या देखिन थाल्यो । बिस्तारै उनलाई जन्डिस देखिन थाल्यो । उनको अवस्था सुधार नभएपछि अस्पतालले रिफर गरेर अन्त अस्पताल जान पनि भनेन। । तर नितुको परिवारले जबरजस्ती अनुरोध गरेपछि बि एन्ड बि मा उपचारको लागि लिएर गइयो । ख्वप अस्पतालका डाक्टरले दिएका औषधी सबै हेरेर बन्द गरेर सबै प्रकारको स्वास्थ्य परीक्षणहरू गर्दा बलल थाहा भयो उनलाई  Drug Hypersensitivity Reaction भएको रहेछ । त्यहाँ भर्ना भएर पनि उपचार संभवनभएपछि चिकित्सकले lupus सम्बन्धी विशेषज्ञ डाक्टर देखाउन सल्लाह दिए  ।  नितुको परिवारले डा. बुद्धि पौडेललाई देखाँउदा उनको स्वास्थ्य अवस्था जटिल भइसकेको रहेछ । डा. पौडेलले पाटन अस्पताल भर्ना गराउनु सल्लाह दिनुभयो । 

नितुलाई Exfoliating Dermatitis due to medicine or Dress and TEN disease निदान गरी विभिन्न विकल्प सहित उपचार गर्न खोज्दा पनि केही नलागेपछि साउन ३१ गतेका दिन उनको मृत्यु भयो । उनको मृत्युको कारण Drug reaction with Eosinophilia and systematic symptoms (DRESS भनिएको छ । नितुको जिउका छाला सबै जलेर उनको अत्यन्तै पीडा र कष्टदायी मृत्यु भयो । 

​​​​​​​

 
नितु

ख्वप अस्पतालका डाक्टरहरू, स्वास्थ्यकर्मीहरू, मेडिकल डाइरेक्टर सबैलाई नितुको स्वास्थ्य अवस्था थाहा भएकै थियो । त्यसैले नितुको मामासँग उनीहरूले कुरा गरेका पनि थिए । पाटन अस्पतालमा भेट्न नितुको उपचारमा संलग्न डाक्टर, प्रशासक, वडा अध्यक्षहरू, माननीय प्रेम सुवाल लगायतका नेताहरू पनि पुगेका थिए । 

तर नितुको मृत्यु भएको ४५ औँ दिन हुँदासम्म पनि न नितुले न्याय नै पाइन न परिवारले क्षतिपूर्ति नै पायो । त्यहाँका वडा अध्यक्षहरूले आजसम्म पनि केही कानुनी प्रक्रिया अगाडि बढाएका छैनन् । ४५ दिनसम्म पनि नितुको परिवार चुपचाप लागेर बस्नु पनि शङ्काको विषय छ । आफ्नो छोरीको दर्दनाक मृत्यु हुँदा पनि किन नितुको परिवार चुप लागेर बसिरहेको थियो ? के उनीहरूलाई धम्काएका थिए ? तर्साएका थिए ? एउटा डाक्टरको लापरबाहीको गल्ती लुकाउन पुरै अस्पतालका साथै वडा नै लागि परेको देखिन्छ यहाँ । के दोषी डाक्टर ठुला राजनीति दलका मान्छे हो ? या धनाढ्य व्यक्ति हो ? जसलाई ४५ दिनसम्म पनि केही कानुनी कारवाई गर्न सकिएको छैन । यो घटना नितुको परिवारले सामाजिक संजालबाट प्रष्ट पारेसँगै बाहिरिएको हो । सामाजिक संजालमाफर्मत घटना बाहिरीसँगै अस्पतालले भने घटना आफ्नो कारणले नभएको भन्दै विज्ञप्ती निकालेको छ । पीडित परिवारले भनेजस्तै अस्पतालले आफुले गरेको उपचार भने स्विकार गरेको छ । अस्पतालले गलत औषधी दिएको बारे स्वीकार गरेको छैन । रितुको अन्य अस्पतालमा गरीएका परीक्षणबाटै उक्त घटना के कति कारणले स्पष्ट पत्ता लाग्ने देखिन्छ । 

चाँडो भन्दा चाँडो सरकारले यसतर्फ ध्यानाकर्षण गरी दोषी डाक्टरको लाइसेन्स रद्द गरियो भने मात्र नितुले न्याय पाउने देखिन्छ । अगामी दिनमा फेरि पनि यस्तो लापरबाही नदोहोरिहाेस् र  कसैले पनि फेरी अकालमा मृत्यु हुन नपराेस् भन्न दोषी देखिए स्वास्थ्यकर्मीलगायतलाई तत्काल कारबाही  गर्न जरुरी देखिन्छ । हैन, याे अवफाह नै हाे भने सत्य तथ्य तत्काल बाहिर ल्याउन पनि सरकार लाग्न जरुरी छ । 

 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ६ : २४ बजे