दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

नेपाल र युएईबीचको खेल घरमै बसेर हेर्नू : क्यान

काठमाडौं । आइसीसी टि-२० विश्वकप एसिया छनोट अन्तर्गत मुलपानी क्रिकेट मैदानमा भोलि हुने नेपाल र यूएईबीचको सेमिफाइनल खेल घरमै बसेर हेर्न क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)ले अनुरोध गरेको छ ।

क्यानले एक प्रेस विज्ञप्ति जारी गर्दै मात्रै ३५ सय टिकट बिक्री गर्ने जनाएको छ । सबै किसिमका पासलाई रोक लगाउँदै क्यानले दर्शकको भिड बढी हुने हुँदा ३५ सय टिकट बिक्री गर्ने जनाएको छ ।

सेमिफाइनलमा टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ । खेल बिहान ११ बजे सुरु हुनेछ । 

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  ६ : २० बजे