दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ओमानसँग नेपालको सङ्घर्षपूर्ण हार

काठमाडौं । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भयो ।

१ सय ४६ रनको लक्ष्य पछ्याएको नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्यो । अन्तिम ‌ओभरमा नेपाललाई २६ रन चाहिएको थियो ।

नेपालका कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए। रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए।

आसिफ शेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रन बनाए । २० औँ ओभरमा ओमानले बिलाल खानलाई बलिङ गर्ने जिम्मा दिएको थियो । तर उनलाई विवेक यादवले पहिलो बलमा छक्का प्रहार गरेका थिए ।

दोस्रो बल बिलालले वाइड फ्याँकेका थिए भने लगत्तैको लगातार विवेकले २ छक्का छक्का प्रहार गरेका थिए।

त्यसपछि नेपाललाई जितका लागि तीन बलमा ७ रन चाहिएको थियो। चौथो बलमा विवेक आउट भए।

पाँचौँ बलमा नेपालले एक रन मात्र जोड्न सक्यो भने छैटौँ बलमा छक्का प्रहार गर्न खोज्दा करन केसी आउट भए।

नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १२ : ३० बजे