काठमाडौँ । टी–२० विश्वकप एसिया छनोटमा नेपालले ओमानविरूद्ध पहिलो ओभरमै विकेट लिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा ओमानका ओपनर कश्यप प्रजापतिलाई करण केसीले पहिलो ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरेका हुन् ।
समूह ‘ए’को नेपाल र ओमान यसअघि नै दुई खेल जितेर सेमिफाइनल पुगिसकेका छन्।
आजको खेलले समूह विजेताको टुंगो लाग्नेछ।
प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार ९ : १५ बजे
प्रतिक्रिया