यस्तो छ आजको विनिमय दर

प्रभु बैंकका सीईओ अशोक शेरचनको पुनः नियुक्ति विरुद्ध परेको रिट खारेज

काठमाडौं । उच्च अदालत पाटनले प्रभु बैंकका सीईओ अशोक शेरचनको पुनः नियुक्ति विरुद्ध परेको रिट खारेज गरिदिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय महेश शर्मा पौडेल र प्रकाश खरेलको इजलासले उनीविरुद्ध परेको रिट खारेज गरिदिएको हो ।

शेरचन प्रभु बैंक र सेन्चुरी कमर्सियल बैंक मर्जर भएपछि पनि निरन्तर सीईओ भएको भन्दै उनीविरुद्ध रिट परेको थियो । उनको नियुक्ति ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३’को प्रावधानविपरीत रहेको भन्दै अधिवक्ता अनिता थापाले रिट दायर गरेकी थिइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ७ : ५९ बजे