यस्तो छ आजको विनिमय दर

मानव अधिकार आयोग ‘क’ श्रेणीमै कायम

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगको संस्था ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसन (गानरी)ले राष्ट्रिय मानव अधिकार आयोगको ‘क’ श्रेणीमा नै राख्ने निर्णय गरेको छ ।

गानरीको बैठकले राष्ट्रिय मानव अधिकार आयोगलाई ‘क’ श्रेणीमा नै राख्ने निर्णय भएको पत्र प्राप्त भएको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार पेरिस सिद्धान्त अनुरुप आयोगले काम गर्ने प्रतिबद्धता तथा कानून शंसोधनमा सरकार र आयोग सरकारात्मक भएको भन्दै क’ श्रेणीमा नै राख्ने निर्णय गरेका हो ।

‘गानरी’ले सोधेका सबै प्रश्नको जवाफ र आयोगको धारणा स्पष्ट रुपमा राखेका कारण श्रेणि कायम रहे आयोगका का. मु .सचिव मुरारी खरेलले न्यूजपोलारलाई जानकारी दिनुभयो ।

केही मानव अधिकारवादीहरुले आयोगको नियुक्ति असंवैधानिक भन्दै गानरीमा उजुरी गरेपछि एक वर्षअघि यसबारे छानबिन समिति गठन गरिएको थियो । समितिले निर्णय सच्चिने एक वर्षको अवधि राख्दै यही अवस्था रहिरहे आयोगको श्रेणी घटुवा गर्न सिफारिस समेत गरेको थियो ।

यसैबीच लामो समयदेखि रोकिएको राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धी कानून बनाउने प्रक्रिया अघि बढेको छ ।

गानरीमा १२० वटा देश सदस्य छन् । त्यसमध्ये ८८ वटा देश ‘क’ र ३२ वटा ‘ख’ वर्गमा छन् । यीबाहेकका अन्य देश यसमा सदस्य नै छैनन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ६ : ४० बजे