‘नेशनल डे कन्सर्ट’ सम्पन्न

भारतमा ८१ करोड नागरिकको डाटा चोरी

भारत । भारतको ८१ करोड १५ लाख नागरिकको आधार कार्ड ९राष्ट्रिय परिचयपत्र०, राहदानी विवरण र अन्य व्यक्तिगत विवरणसहितको डिजिटल डाटा ह्याक गरी लिने ह्याकरले ती विवरण बिक्रीको लागि लिलामीमा राखेको छ । 

गत अक्टोबर ९ तारिख देखि चोरी गरिएका डिजिटल डाटा बिक्री गर्न ह्याकरले ८० हजार डलर मूल्य मागेका छन् । 

ह्याकरले आधार कार्डका केही डिजिटल रेकर्डहरू प्रमाणको लागि देखाउँदै आफूसँग ८ मिलियन भन्दा बढी भारतीय नागरिकको व्यक्तिगत विवरणहरू रहेको दाबी गरेका छन् । 

डाटाहरू लिक भए नभएको भेरिफिकेसन गर्ने टिमले सो डाटा लिक भएको प्रमाणित गरेको छ । तर, लिक कहिले देखि भएको हो सो भने अनुसन्धानको क्रममा नै रहेको बताइएको छ । 

ह्याकरले ती डिजिटल विवरण कसरी ह्याक गरियो भन्ने नखुलाए पनि धेरैले भारतीय चिकित्सा अनुसन्धान परिषद्को सिस्टमबाट ती डाटाहरू लिक भएको हुनसक्ने अनुमान गरेका छन् ।

यसैबीच भारतमा केही विपक्षी दलका सांसदहरू र प्रतिष्ठित पत्रकारहरूले आफूहरू सरकारबाट नियोजित साइबर आक्रमणको खतरामा परेको सूचना ९अलर्टहरू० एप्पलका डिभाइसबाट पाइरहेको दाबी गरेका छन् ।

आगामी वर्षको आम निर्वाचनलाई लक्षित गरी सरकारले विपक्षी दलका नेताहरू र आलोचक मिडिया पर्सनहरुको जासुसी, साइबर निगरानी र आक्रमणको दुष्प्रयास बढाएको उनीहरूले दाबी गरेको मिडिया नामाले उल्लेख गरेको छ  ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : ४५ बजे