काठमाडौं। बाँकेको नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाललाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरूद्व परेको रिटको सुनुवाई सकिएको छ ।
प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरु सपना प्रधान मल्ल र डा कुमार चुडालको इजलासमा सुनुवाई सकिएको हो । निर्णय भने भोलि सुनाइने बताइएको छ ।
नेपालगञ्जकै चेतन मानन्धरको हत्या आरोपमा आजिवन जेल जीवन काटिरहेका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए ।
उनको आममाफीविरूद्व चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट हालेकी थिइन् ।
प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार ५ : ३४ बजे
प्रतिक्रिया