खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

ओखलढुंगाका जेष्ठ कम्युनिष्ट नेता षणकृष्ण भट्टराईको निधन

ओखलढुंगा । गाम्नाङ गाविसका पूर्व अध्यक्ष तथा ओखलढुंगा जिल्लाका जेष्ठ कम्युनिस्ट नेता षणकृष्ण भट्टराईको ८६ वर्षको उमेरमा मंगलवार साँझ निधन भएको छ।

नेकपा एमालेका बयोबृद्ध नेता भट्टराई २०४९ र २०५४ सालमा दुईपटक साबिक गाम्नाङ गाविस हाल लिखु गाउँपालिका (वडा नम्बर ६ र ७) को अध्यक्ष निर्वाचित हुनुभएको थियो।

वीर अस्पतालमा उपचारपछि घर फर्किएका भट्टराईको मंगलवार गाम्नाङटारमै निधन भएको लिखु गाउँपालिका उपाध्यक्ष अस्मिता थापाले विज्ञप्तिमार्फत जनाउनु भएको छ।

भट्टराईको निधनबाट ओखलढुंगाले पहिलो पुस्ताका वामपन्थी नेता गुमाएको एमाले केन्द्रीय सदस्य तथा पूर्व सांसद यज्ञराज सुनुवारले बताउनुभयो । भट्टराईका पिता राणाकालीन समयमा डिठ्ठा थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  २ : ०३ बजे