दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। 

निगमले मंगलबार एक सूचना जारी गर्दै डिजेल र मट्टितेलको मूल्य घटाइएको जानकारी दिएको हो । 

निगमका अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ। नयाँ मूल्य आज राति १२ बजेपछि लागू हुनेछ। 

 निगमको नयाँ मूल्य सूची अनुसार अब डिजेल र मट्टितेल प्रतिलिटर १६८ रुपैयाँ रहेकोमा अब १६४ रुपैयाँ पर्नेछ। 

यस्तै निगमले हवाई इन्धन आन्तरिक तर्फ १३६ रुपैयाँ र बाह्यतर्फ १ दशमलव ०३५ अमेरिकी डलर कायमै रहेको छ।

निगमले खाना पकाउने ग्यास र पेट्रोलको मूल्य भारतबाट बढेर आए पनि यथावत राखेको छ । 

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ८ : ०६ बजे