दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विश्वकप एसिया छनोटः नेपाल र ओमान सेमिफाइनलमा

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया छनोट अन्तर्गतको खेलमा मलेसियालाई हराउँदै नेपालले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ ।

नेपालले मलेसियालाई ६ विकेटले पराजित गर्दै लगातार दोस्रो जितसहित सेमिफाइनलमा स्थान बनाएको हो । यो नतिजासँगै समूह ए बाट नेपालसँगै सेमिफाइनल पुग्ने अर्को टोली ओमान बनेको छ ।

पराजयसँगै सिंगापुर र मलेसिया भने प्रतियोगिताबाट बाहिरिएका छन् । बुधबार नेपाल र ओमानबीच समूह विजेता र उपविजेता टुंगो लाग्न खेल हुनेछ ।

नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

यो छनोटबाट फाइनलमा पुग्ने दुई टोली आउँदो वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनोट हुनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ६ : २५ बजे